सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घट्यो, तिहारयता १७ हजार १ सय रुपैयाँ सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

तिहारयता सुनको मूल्य प्रतितोला १७ हजार १ सय रुपैयाँले घटिसकेको महासंघले जनाएको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ । सोमबार प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदीको मूल्य ३० रुपैयाँले घटेर मंगलबार ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित