काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने ले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि कुनै प्रकारको आश्वासन नदिन कडा निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको अनौपचारिक बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
रास्वपाले २०८४ सालमा हुने स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने उद्देश्यले वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमको संयोजनको जिम्मेवारी सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिइएको छ ।
पार्टीले उम्मेदवार छनोट र निर्वाचनपूर्व प्रशिक्षणलाई व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’ अभ्यास सुरु गर्न लागेको हो ।
प्रवक्ता मनिष झाले जानकारी दिँदै भने आगामी निर्वाचनका लागि योग्य उम्मेदवार छनोट तथा प्रशिक्षणका लागि वैशाख २० देखि क्यान्डिडेट क्लब सञ्चालन हुँदैछ। त्यसैले कसैले कसैलाई टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन दिइएको छ।
उनका अनुसार यदि कसैले यस्तो गलत अभ्यास गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ ।




















Discussion about this post