धनगढीलाई महानगरपालिका बनाउने नरनारायण शाहको प्रस्ताव

कैलाली : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव गरेका छन्।

मंगलबार धनगढीमा आयोजित कार्यक्रममा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार शाहले धनगढीको तीव्र शहरी विकास, जनसंख्या वृद्धि र आर्थिक सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिका बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्। उनले आफू निर्वाचित भएमा यस विषयमा संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिबद्धता पत्रमा शाहले संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य र समन्वय गरेर विकास निर्माणका कामलाई अघि बढाउने उल्लेख गरेका छन्। साथै, सुदूरपश्चिम प्रदेशका ठूला विकास परियोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको साझा कोष स्थापना गरी संघीय संसदमा सशक्त आवाज उठाउने पहल गर्ने बताएका छन्।

उनले धनगढीलाई सुदूरपश्चिमको आर्थिक, शैक्षिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित