आसिफ र दीपेन्द्रको धमाका : सामोआलाई नेपालले दियो विशाल लक्ष्य

काठमाडौं । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकले नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा सामोआविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको अवसर पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २११ रनको पर्वतजस्तो योगफल तयार गर्‍यो ।

नेपालका लागि आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको दमदार पारी खेले भने दीपेन्द्रसिंह ऐरीले पनि २ चौका र ४ छक्कासहित ५३ रन जोडे । अन्त्यतिर लोकेश बमले फायरिङ ब्याटिङ गर्दै ११ बलमा ३९ रन ठोके । कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन योगदान दिए । सामोआका बलरहरूमध्ये डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले एक–एक विकेट लिए ।

यसअघि भएका सबै खेलमा अपराजित रहँदै सुपर सिक्समा पुगेको नेपालले सामोआलाई पराजित गर्न सके ११ वर्षपछि पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि जित्ने ऐतिहासिक अवसर पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित