राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि, तिहारको मुखमै कञ्चनपुर शोकमा

कञ्चनपुर । कञ्चनपुरका युवा विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। भीमदत्त नगरपालिका–५ स्थित घरबाट शवयात्रा निकाल्दै उनको अन्त्येष्टि महाकाली नदी किनारस्थित भुजेला आर्यघाटमा गरिएको हो।

अन्त्येष्टिअघि सशस्त्र प्रहरी बलले जोशीप्रति औपचारिक सलामी अर्पण गरेको थियो भने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयको “लर्न एण्ड अर्न” कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि इजरायल पुगेका विपिन जोशीलाई
२०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो।

सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। जोशी भने लामो समयदेखि बेपत्ता थिए।
हमासको कब्जामा रहँदै उनको मृत्यु भएको पुष्टि केही दिनअघि मात्र भएको हो।

तिहारको तयारीले देशभर उत्सवको माहोल बीच कञ्चनपुरमा भने शोकको छाया फैलिएको छ।
विपिनको पार्थिव शरीर घर आइपुगेपछि परिवार, नातेदार र स्थानीयवासीहरू रुवाबासीमा डुबेका छन्।
विदेशमा अध्ययन र श्रम गर्दै मातृभूमिमा उज्यालो भविष्य ल्याउने सपना बोकेका जोशी अब सधैंका लागि मौन बनेका छन्।

उनको निधनप्रति सुदूरपश्चिम विश्वविद्यालय, स्थानीय निकायहरू र विभिन्न युवासंघ-संस्थाले गहिरो दुःख प्रकट गरेका छन्।
“विपिनले देशको नाम उचाल्ने सपना देखेका थिए, तर त्यो सपना अधुरै रह्यो,” एक सहपाठीले भने।

राष्ट्रिय झण्डामा बेरिएको विपिनको पार्थिव शरीरले देशभरका युवालाई पुनः सोच्न बाध्य बनाएको छ, शिक्षा र सीपका लागि विदेशी भूमिमा पुगेका युवाहरू सुरक्षित छन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित