शीव रात्री विशेष : बेलडाँडीमा आजदेखि दुईदिने सांस्कृतिक कार्यक्रम, भरपुर सहभागिताको आग्रह

बेलडाँडी । “कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मूल नारासहित बेलडाँडी गाउँपालिका–२, चवन्नी (खुला मञ्च) मा आजदेखि दुईदिने भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । न्यू आराधना कला मन्दिरको आयोजनामा हुन लागेको उक्त कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ ।

शिवरात्रीको विशेष अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिमका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित खलनायक पुष्कर भट्ट, गायिका अञ्जली राना, गायतक तथा उद्घोषक पवन औजी, स्थानीय डान्सर, गायकहरुको बजेड प्रस्तुति रहने आराधाना मन्दिरका निर्देशक तथा कलाकार भुपेन्द्र रानाले जानकारी गराउनु भयो ।

स्थानीय प्रतिभाहरूलाई समेत मञ्च प्रदान गर्दै कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तालाई सकारात्मक सन्देश दिन कार्यक्रमको आयोजना गरिएको रानाले जनाए ।

कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य, हास्यव्यंग्य तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन् । शिवरात्रीको अवसरमा धार्मिक तथा सांस्कृतिक वातावरण झल्किने विशेष आकर्षणसमेत समावेश गरिएको छ । आयोजक संस्थाले सम्पूर्ण कला-संस्कृति प्रेमी दर्शकहरूलाई आज र भोलि हुने उक्त कार्यक्रममा उपस्थित भई भरपुर मनोरञ्जन लिन हार्दिक आग्रह गरेको छ ।

सहयोगी तथा प्रायोजक संस्थाहरूको साथमा आयोजना हुन लागेको यो कार्यक्रमले बेलडाँडी क्षेत्रको सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाउने विश्वास गरिएको छ ।
आउनुहोस्, आफ्नै गाउँ-ठाउँमा आयोजना भएको सांस्कृतिक महोत्सवको भरपुर आनन्द लिऔं र कला-संस्कृतिको संरक्षणमा हातेमालो गरौं।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित