काठमाडौँ : देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी तीन दिनसम्म प्रयोग गर्न मिल्ने डाटा तथा भ्वाइस प्याकेज निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।
विदेशमा रहेका आफन्तसँग सम्पर्क सहज बनाउन र देशभित्र आपतकालीन सञ्चार प्रवाहलाई प्रभावकारी बनाउन टेलिकमले यस्तो व्यवस्था मिलाएको जनाएको छ।
निःशुल्क प्याकेज सक्रिय गर्नका लागि डाटा प्याकेजको लागि ८१४१५८८८३३ र भ्वाइस प्याकेजको लागि ८१४१५८८८७३ डायल गर्नुपर्नेछ।
टेलिकमले प्रत्येक ग्राहकले निर्धारित समयावधिमा सहज र अवरोधविहीन रूपमा आफ्ना प्रियजनसँग सम्पर्क कायम राख्न सकून् भन्ने उद्देश्यले यो योजना ल्याएको स्पष्ट पारेको छ।























Discussion about this post