शुक्रबारदेखि होली फेम्ली स्कुलको खेल मैदानमा नगर स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता

विकास सिह महता/कञ्चनपुर । कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शुक्रबारदेखि अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । होलीफेम्ली ईङलिश मिडियम स्कुलका संचालक भुपाल सिह विष्टले विद्यालयकै खेलकुद मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।

विष्टका अनुसार भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ सहितका सरोकारवाला निकायको समन्वय, सहयोग, सहकार्यमा नगरपालिका मावि स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । भीमदत्त नगरपालिका भित्रकै माध्यामिक तहका विद्यालयविच प्रतिस्पर्धा हुनेछ ।
विद्यार्थीहरुमा खेलकुदको विकास, अनुशासन, नेतृत्व विकास, स्वास्थ्य जिपनशैली सकारात्मक मार्ग तर्फ प्रेरित गर्नुका साथै समाजमा भाईचारा, सहकार्य एव प्रतिस्पर्धात्मक भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । आगामी दिनमा प्रतियोगिता थप स्तरिय बनाउने विष्टको सकल्प छ ।

होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रशाद भट्टले कञ्चनपुर जिल्लामै क्रिकेटका खेलाडी उत्पादनदेखि खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ‘क्रिकेट खेलकुदको बृद्धि विकास गरेर खेलाडी उत्पादन गर्ने हाम्रो मुल लक्ष्य हो, ‘उनले भने, ‘विद्यालय स्तरबाटै क्रिकेटका खेलाडीको अन्तरनिहित क्षमता प्रस्फुटन हुनेछ ।’

होलीफेम्ली स्र्पोट र एकेडेमीले समेत थुप्रै क्रिकेटका खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान बनाउन सफल भएको बताउँदै थप नगर जिल्लामै खेलाडीको बृद्धि विकासका लागि उक्त कार्यक्रम संचालन गरिएको बताए ।

प्रतियोगिता लिग नकआवटका आधारमा संचालित हुनेछन । प्रतियोगितामा नगरका १८टिमविच प्रतिस्पर्धा गराईनेछ । निःशुल्क टिम दर्ताका साथै सबै प्रतियोगिता आईसीसी तथा क्यानको नियम अनुरुप खेलाईनेछ । प्रतियोगिता विजेता टिमलाई नगद ५१ हजार, १सय ११, उपविजेता टिमलाई नगद ३१ हजार, १सय ११रुपैया सहित ट्रफि, मेडल, प्रमाण पत्र वितरण गरिनेछ ।

हरेक प्रतियोगितामा मेन अफ द मेचका साथमा ट्रफि प्रदान गरिनेछ । बेष्ट ब्याटसेन ट्रफि सहित २५सय, बेष्ट बलर ट्रफि सहित २५सय, बेष्ट फिल्डर ट्रफि सहित २५सय, मेनअफ द सिरिज ट्रफि सहित ३ हजार, उदयमान खेलाडी र मेद अफ द मेचलाई ट्रफि सहित नगद १५सयका दरले पुरस्कार प्रदान गरिनेछ । हरेक खेलाडीको उमेर १९ं बर्षमुनी हुनुपर्ने तोकिएको छ ।

प्रतिस्पर्धी टिमहरुलाई चार समुहमा विभाजन गरेर खेल संचालन गरिनेछन । होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक प्रिन्सिपल हरिस ठगुन्नाले नगरकै विद्यालयका विद्यार्थीविच अन्तर प्रतिस्पर्धात्मक भावनाको विकास हुने बताए ।

प्रतियोगिताले प्रतिभावना खेलाडीको पहिचानदेखि सकारात्मक सोच विचार उत्पन्न हुने भएकाले समुदाय र विद्यालयविच प्रतिस्पर्धा हुनेछ । सहायक प्रिन्सिपल ठगुन्नाले विद्यालयकै क्रिकेट एकेडेमीका ९ प्रशिक्षार्थी खेलाडी जिल्लाकै क्रिकेट संघको टिममा सहभागि भएर प्रदेशस्तरिय प्रतियोगितामा सहभागि भएको बताए ।

उनका अनुसार होलीफेम्लीकै विद्यार्थी थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा क्रिकेट प्रतियोगिता खेलिसकेका छन ।
कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सोनारले विद्यालयबाटै हुने मावि स्तरिय क्रिकेट प्रतियोगिताले थप क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयबाटै पहिलो पटक मावि स्तरिय प्रतियोगिता संचालन हुन लागेको बताए । शिक्षा शाखा प्रमुख जोशीले पालिका सहित विद्यालयले पहिलो पटक अन्तर मावि स्तरिय प्रतियोगिताले खेलकुदका साथै थुप्रै क्षेत्रमा आयाम थप्ने बताए ।

बिहान भीमदत्त नगरका उपमेयर निलम लेखकले उद्घाटन गरे लगत्तै प्रतियोगिता संचालन हुनेछन । नगरभरीकै विद्यालयका टिमटिम हुने क्रिकेट प्रतियोगिता अवलोकनका लागि स्थानीय क्रिकेटका पारखीलाई सहज सुविधा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित