बझाङमा भिरबाट लडेर वडाध्यक्ष टंक जोशीको मृत्यु, हेलिकोप्टरबाट उद्धारको तयारी हुँदै गर्दा आयो दुःखद खबर

बझाङ । बझाङको बुंगल नगरपालिका-७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ। गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट लडेर चट्टानमा बजारिँदा गम्भीर घाइते भएका थिए।

भिरबाट लडेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको मृतकका आफन्त रामचन्द्र जोशीले जानकारी दिए। गम्भीर घाइते जोशीको अवस्था चिन्ताजनक भएपछि तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको थियो। तर, उद्धारका लागि हेलिकोप्टर उडाउने तयारी भइरहेका बेला उनको मृत्यु भएको खबर आएको थियो।

जोशीको अवस्था गम्भीर रहेको जानकारी पाएपछि तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरिएको थियो।

‘अवस्था असाध्यै गम्भीर छ र तुरुन्तै हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ, नत्र बाँच्न गाह्रो छ भन्ने आफन्तजनहरूको भनाइपछि तुरुन्तै जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदै थियो,’ महरले भने, ‘खबर पाएको करिब आधा घण्टाभित्रै हेलिकोप्टर उडाउने तयारी भएको थियो, तर एकैछिनमा दुःखद खबर आयो कि अब उहाँ रहनुभएन।’

वडाध्यक्ष जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी लगातार दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहेर जनप्रतिनिधिका रूपमा काम गरेका थिए।

जोशीको असामयिक निधनले स्थानीय समुदाय शोकमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित