कैलालिमा  खोखो प्रतियोगिता सुरु

कैलाली:

 कैलालीको धनगढीमा  खोखो प्रतियोगिता सुरु भएको छ।खोखो संघले पहिलो पटक उमेर समूहको महिला तथा पुरुष खोखो प्रगियोगिता सुरु गरेको हो।

सुदूरपश्चिम प्रदेश खोखो संघको सह–आयोजनामा त्रिभूवन माध्यामिक विद्यालयमा प्रतियोगिता सुरु भएकाे छ।‘प्रथम यू–२१ राष्ट्रिय पुरुष तथा महिला खोखो प्रतियोगिता’ शनिवारदेखि मङ्गलवारसम्म आयोजना गरिनेछ।

खोखोको राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगिता पहिलो पटक धनगढीमा आयोजना गरिएको हो। प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी ६ वटा टोलीको सहभागिता छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *