कञ्चनपुर:
वैवाहिक बलात्कार मुद्दा आरोप लागेका गायक रवि ओडले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।नेपाल आइडल सिजन २ का विजेता समेत रहेका ओडले प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् ।कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।
जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । देश बाहीर रहेका ओड स्वदेश फर्किएपछि प्रहरीसमक्ष आत्मसमर्पण
गरेका हुन् ।
Discussion about this post