बेलडाँडीका युवाहरुको पहलमा चवन्नी वजार सफाई, अभियानमा स्वतन्त्र उम्मेदवार साउदको समेत सहभागिता

270
VIEWS

बेलडाँडी,
मुखैमा आएको शुभदिपावलीलाई मध्य नजर गर्दै बेलडाँडीका सचेत स्वस्फूर्त अगुवा युवाहरुले आज सचिवार बिहान ८ बजे देखि १० बजे सम्म बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारलाई स्वस्फूर्त युवाहरुको अगुवाइमा सफाई गरिएको छ ।

 

युवाहरुले स्वस्फूर्त चालेको सफाई अभियानलाई प्रदेश “ख”स्वतन्त्र तर्फका उम्मेदवार तथा उनका शुभचिन्तकहरुको समेत सफाई अभियानमा सहभागिता रहेको थियो । मान्छे स्वस्थ रहनका लागि आधारभूत आवश्यकता भएकोले भाइहरुले चालेको कदमले आफुहरुको मनजितेकाले सफाई कार्यक्रममा सरिक भएको जनाए । हिजो पश्चिम समाचार अनलाइनमा समाचार देखेकाले आफु यहाँ पुगेको बताए ।

पछिल्लो समयमा बेलडाँडी लगायत यहाँका चौक चौराहमा पलाष्टिक जन्यफोहर देखा पर्नथालेकाले भविश्यमा भयावह रुप लिन सक्ने भन्दै फोहर नियन्त्रण र व्यवस्थापनमा टेवा पुगोस भन्ने उदेश्यले साथी भाईको सल्लाहले अभियान थालेको स्वस्फूर्त समूहका अगुवा युवा केशव राज जोशीले जानकारी गराउनु भयो ।

जोशीका अनुसार समाजमा सकारात्मक सोचको विकास होस् भन्ने मान्यताका साथ उक्त कार्य थालेको पहिलो दिन सबै पक्षबाट आफ्नो अभियानलाई हौसलाका साथ थप उर्जावान बनाइदिएको प्रति गाउँपालिका अध्यक्ष हरिचन्द्र राना, प्रदेश तर्फका स्वतन्त्र उम्मेदवार टेक बहादुर साउद, लगायत उनको टिम, चवन्नी वजार व्यवस्थापन समितिकाका अध्यक्ष ललित खत्री लगतयत पुरै समिति, जय जगनाथ निर्माण सेवका मदन खत्री लगायत पुरै टिम, युवा व्यापारी प्रकाश माली, ब्यापारी, बुद्धिजिवी, समाजसेवी, बैजनाथ सिद्धनाथ सहाकारीका अध्यक्ष क्षतिज भट्ट, प्रहरी प्रशासन, म्यादी प्रहरी लगाय अभियानमा सरिक भइसहयोग गर्ने सम्र्पुण प्रति आभार व्यक्त गर्दै यस अभियानलाई निरन्त्रता दिनका लागि समेत सहयोगको अपेक्षा गर्नु भयो ।

सकभर तिहार सम्म निरन्तर सफाइ कार्यक्रमलाई तिव्रताका साथ सबै वडामा गर्ने कार्यक्रम रहेको तर हाम्रो टिमलाई स्थानीयले कस्तो सहयोग गर्न सक्छन त्यसमा भरपर्ने जनाए । बेलडाँडीका धेरै व्यापारीहरुले यस्तो कार्यका लागि युवाहरुलाई धन्यवाद दिदै पालिका भरी यस्तो जागरण अभियान चलाउनु पर्नेमा जोड दिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार