६ औं आई.सी.वाई.सि वडाध्यक्ष कप: आज सेमिफाइनलका खेल, पहिलो खेल एनवाईसी बाणी र इटाहा चारपाते युवा क्लब रातो, दोस्रो खेल कोहिनुर स्पा फुटबल क्लब र ब्रोदर एफसी भिड्ने

बिकाश सिंह महता / माघ १३ शनिबार ।  आइसी वाइ सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको ६ औं संस्करणका सेमिफाइनलका खेल आज हुने छ्न।

 

इटाहा चारपाते युवा क्लबको आयोजनामा देखतभुलिको खेलमैदानमा सञ्चालनमा रहेको छैठौं आई सि वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आज हुने आयोजकले बताएको छ।

 

सेमिफाइनलका खेल आज माघ १३ गते शनिबारका दिन पहिलो सेमिफाइनल खेल एनवाईसी बाणी र इटाहा चारपाते युवा क्लब रातो बीच दिउँसो १२ बजे र दोस्रो सेमिफाइनल खेल कोहिनुर स्पा फुटबल क्लब र ब्रोदर एफसी बीच रोमाञ्चक खेल दिउँसो २ बजे हुने छ। उक्त खेलमा जित निकाल्ने टिमले फाइनलको यात्रा पक्का गर्ने छन् ।


कञ्चनपुर जिल्ला स्थित रहेको ईटाहा चारपाते युवा क्लबको आयोजनामा ६ औं आईसी वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को आयोजना देखतभुलिको खेलमैदानमा छैठौं संस्करणको समापन माघ १५ गते एक कार्यक्रमका साथ हुने प्रतियोगिता संयोजक रामदाश रानाले जानकारी दिएका छन् ।

प्रतियोगिताको पाचौं संस्करणमा प्रथम लाई ७१ हजार १ सय ७१ पुरस्कार राशी रहेको थियो भने यो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको छ। जसमा १ लाख १ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र रहेको छ। उपविजेता टिमले ५५ हजार १ सय ५५ रुपैया पुरस्कार राशी तोकिएको आयोजकले बताएको छ।

विभिन्न विधाका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।

प्रतियोगितामा लालझाडी गाउपालिका वडा न.०५ मुख्य प्रवर्द्धक रहेको छ भने , समन्वय सहयोग लालझाडी गा.पा. र कृष्णपुर न.पा. वडा नं.३ को रहेको छ। यस अघि भएको ५ औं संस्करणको उपाधि सनि युनाइटेड देखतभुलीले जितेको थियो ।

 

जसमा उपविजेता शान्ती युवा क्लब, दैजी बनेको थियो। २०७३ सालमा स्थापित ईटाहा चारपाते युवा क्लबले आईसीवाईसि ७ वर्षदेखि निरन्तर रुपमा आईसीवाईसि कप आयोजना गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *