काठमाडौं : सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पर्यटन सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गर्न सभामा प्रस्तुत गरेका थिए।
यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा संसदमा दर्ता गरेका थिए। १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा प्रस्तुत गरिएको विधेयक ११ साउन २०८२ मा विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइएको थियो। समितिले पारित गरेपछि सभामा पेश गरिएको र सभाले पनि पारित गरेको हो।
विधेयक ऐनमा परिणत भएसँगै पर्यटकीय गतिविधिको प्रवर्धन, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न सहज हुने सरकारको विश्वास छ। यसको उद्देश्य पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्नु रहेको छ।
पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य बढाउँदै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न विधेयक ल्याइएको हो।
अब यो विधेयक नयाँ प्रतिनिधिसभामा पेश हुनेछ। प्रतिनिधिसभाले पारित गरेपछि पुनः राष्ट्रिय सभामा फर्काउने र त्यसपछि राष्ट्रपतिसम्म प्रमाणीकरणको लागि पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रुपमा लागू हुनेछ।
























Discussion about this post