काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ ।
मन्त्रालयले सोमबार ६३ जना उपसचिव र मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेपछि खटाइएको स्थानमा नजाने प्रवृत्ति देखिएको भन्दै कडा रुख अपनाएको हो ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारीहरूलाई सरकारको निर्देशनअनुसार काम गर्न आग्रह गर्दै खटाइएको स्थानमा जान नमान्नेहरूलाई पद छोड्न चेतावनी दिएकी छन् । “जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौती सामना गर्न तयार छ, खटाएको ठाउँमा नजाने छुट कसैलाई छैन,” उनले भनिन् ।
यसअघि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका नगरपालिका र उपमहानगरपालिकामा मन्त्रालयले कर्मचारी खटाइसकेको जनाएको छ । साथै, एक-दुई दिनभित्र कर्मचारी अभाव रहेका गाउँपालिकाहरूमा समेत जनशक्ति पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।





















Discussion about this post