एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा भएको प्रक्रियामार्फत उनी दलको नेता चयन भएका हुन् ।

दलको नेताका लागि उम्मेदवारी दिएका इलाम-२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै बादल निर्विरोध रूपमा नेता बनेका हुन् । निर्वाचन समितिका संयोजक नीरज आचार्य ले सो जानकारी दिएका छन् ।

यसअघि नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए । तर अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि बादलको बाटो सहज बनेको हो ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले कुल २५ सिट जितेको छ । उक्त परिणामपछि संसदीय दलको नेतृत्व चयन प्रक्रियामा चासो बढेको थियो ।

बादलको नेतृत्वमा अब एमाले संसदीय दलले आगामी संसदमा आफ्नो भूमिका कसरी प्रस्तुत गर्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित