काठमाडौं । हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र जलेका भवन पुनर्निर्माण गर्न आफूलाई जिम्मेवारी दिन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफूलाई अवसर दिए श्रमदानमार्फत नै जलेका संरचना पुनर्निर्माण गरिदिने बताएका हुन्।
प्रि–बजेटमाथिको छलफलमा सहभागी हुँदै साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित अन्य क्षेत्रमा विकास निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन्।























Discussion about this post