बण्डखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी गरिरहेका दुई टेक्टर प्रहरी नियन्त्रणमा

कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरको उत्तरी क्षेत्र बण्डखोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कृष्णपुर नगरपालिका १ बण्डखोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई टेक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । वाणि प्रहरी चौकी र अस्थायी प्रहरी विट पहरियाको टोलीले अवैध रुपमा बण्डखोला दोहन गरेर नदिजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ट्रली सहित दुवै टेक्टर नियन्त्रणमा लिएको जनाईएको छ ।

वाणी प्रहरीका अनुसार से१त ९८०५ र से१त ६४७६ सातादेखि प्रहरीको नियन्त्रणमा छन । दुवै टेक्टर खोलामा हालेर बालुवा चोर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले ति दुवै टेक्टर वाणि प्रहरीको नियन्त्रणमा छन ।

जिल्ला प्रहर िकार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले नियन्त्रणमा लिएका टेक्टर नगरपालिकालाई बुझाउने बताए । कृष्णपुर नगरपालिकाले रोक लगाएको कार्य गरेकाले नियन्त्रणमा लिएको प्रवक्ता डाँगीले बताए ।

केही महिनाअघि कृष्णपुर नगरपालिकाले नगर भित्रका खोलानदी बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन चोरी निकासी संकलन तथा वितरण गरेको सवारी साधन फेला परेमा नगद ५० हजार जरिवाना गराईने सार्वजनिक सुचना निकालेको थियो । कृष्णपुर नगरका मेयर हेमराज ओझाले गैर कानुनी रुपमा नदीजन्य पदार्थ चोरी तस्करी गर्ने बिरुद्धमा कार्बाही गरिने बताए । ‘हामीले गैर कानुनी रुपमा नदी तथा खोला उत्खनन् नगर्न आब्हान गर्दै आएका थियौँ, ‘मेयर ओझाले भने, ‘गैर कानुनी काम गर्नेमाथि कार्बाही हुन्छ ।’

उक्त टेक्टर छुटाउन केही दलका नेता कार्यकर्ताहरु सकृय रहेको पालिका स्रोतले जनाएको छ । कतै टेक्टर छुटाउन पहल गरिरहेका नेताकै त होईन भन्नेमा आशंका गरिएको छ । आफै सुशासनको कुरा उठाएर पालिका बिरुद्धमा मुद्दा बनाउने आफै अवैध गतिबिधीमा संलग्न टेक्टर छुटाउने कार्य दोहोरो भूमिका रहेको पालिका स्रोतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित