आईजिपी कुँवराद्वारा बेलौरीका मेयर चौधरी सम्मानित

72
VIEWS

नरेश राना, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरी सम्मानित भएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बेलौरीका मेयर चौधरीलाई सम्मान गरेको हो ।

 

बुधबार धनगढीमा एक कार्यक्रमका विच मेयर चौधरीलाई प्रसंसा पत्रका साथ सम्मान गरेको जनाईएको छ ।
बेलौरी नगरका मेयर चौधरीले लागु औषध दुव्र्यशनी नियन्त्रण एव समाजिक सचेतना गराउन उच्च भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरीले सम्मान गरेको छ ।

बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरीका स्वकीय सचिव जय बहादुर कुँवरले नगरपालिकाबाट विगतमा भईरहेका लागु औषध नियन्त्रणका कामकाजको मुल्याङकन गर्दै सम्मान गरिएको बताए ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजिपी) बसन्त बहादुर कुँवरले बेलौरीक मेयर चौधरीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । आईजिपी कुँवरले निरन्तर लागु औषध नियन्त्रणमा भूमिका निर्वाहमा आग्रह समेत गरेका छन ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पालिकाले लागु औषध जरैदेखि उन्मुलनका लागि बस्तीस्तरमा अभियान संचालन गरेर नियन्त्रणका कामकाज अघि बढाईरहेको बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार