कञ्चनपुर, पुष १२ । कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कृष्णपुर नगरपालिका २ वाणि केन्द्रीय कार्यालय रहेको चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
यस अघि उक्त सहकारीले इलाका स्तरिय शाखाहरुमो साधारण सभा गरेको थियो । चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्थाका अध्यक्ष शिवदत्त पन्तले सहकारी आगामी दिनमा थप स्तरिय योजना सहितका प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न गरिएको बताए । सहकारीका लेखा संयोजक महेन्द्र रोकायाले आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्तमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका रजिष्ट्रार टिकाराम थापा, पश्चिम तराई भू परिधी (ताल कार्यक्तमका प्रतिनिधी देवराज जोशी) सहितका जनप्रतिनिधी विभिन्न सरोकारवाला निकायका प्रतिनिधीले सहकारीले गरेको कामकाजको प्रसंसा गर्दै आ–आफ्नो तर्फबाट सहयोगको बचन दिएका छन ।
चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्थाका अध्यक्ष शिवदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्तमको संचालन सचिव नरेश भट्टले गरेका थिए । कार्यक्तममा विभिन्न सरोकारवाला, शेयरसदस्य, सहकारीका बचतकर्ता सहितको सहभागिता रहेको थियो ।
Discussion about this post