सुदूरका विषयतगत समितिले पायो पुणता, चारवटा समिति मध्ये कञ्चपुर क्षेत्र नं.१ का दुबै प्रदेश सदस्य बने सभापति

धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतका चार वटा विषयगत समितिले एक बर्ष पछि पुणता पाएको छ । पुणता पाए संगैं विषयगत सभापतिहरुले बुधवार पदभार ग्रहण गरेका छन् ।

 

सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतका चार वटा विषयगत समिति मध्ये कञ्चनपुर क्षेत्र नं.१ का दुबै प्रदेश सदस्य दिवान सिंह बिष्ट र विर बहादुर थापा (पातल) विषयगत सभापति निर्विरोध चयन भएका हुन । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली काँग्रेसका दिवानसिंह बिष्ट र सार्वजनिक लेखा समितिमा नेकपा एमालेका वीरबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन ।

यस्तै अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी र सामाजिक विकास समितिमा नेकपा एकीकृत समाजवादीकी माया पन्त चुनिएका हुन् । सत्तारुढ दलबिच भागबन्डामा कुरो मिलेपछि चार वटै समितिको नेतृत्व निर्विरोध चयन भएको हो । नेकपा माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति भएको बताइएको छ ।

चारै जना सभापतिहरूलाई हिजो बुधबार सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

समिति नेतृत्वविहीन हुँदा प्रदेश सरकारका काम–कारबाहीको नियमन र निगरानी गर्ने काम हुन नसकेको मात्र नभई समितिका आफ्ना आन्तरिक काम–कारबाही ठप्प थिए । यसअघि गत असोजमा समितिका सभापति छनोट गर्न प्रकाशन भएको निर्वाचन कार्य तालिका अन्तिममा स्थगन गरिएको थियो । काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नुभएको छ ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा काँग्रेस, माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित छ दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित