मुख्यमन्त्री प्रतियाेगिता :एपिएफ र गण्डकी फाईनलकाे यात्रामा

केशव थापा/कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको खुला मञ्चमा संचालित भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा एपीएफ र गण्डकी फाईनल यात्रामा पुगेकाे छ ।

 

शुक्रबार फाईनल प्रतियाेतामा एपीएफले आर्मीले २/३ र गण्डकीले प्रहरीलाई २/३ सेटले जितेर फाईनल यात्रामा पुगेकाे छ । भने तेस्रोका लागि आर्मी र प्रहरी विच प्रतिस्पधा हुने छ। प्रथमका लागि गण्डकी र एपीएफविच हुने छ । विभागिय टिम सहित गण्डकी प्रदेशको टिम सेमिफाईनलमा पुगेका थिए ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव जिल्ला भलिबल संघ कञ्चनपुरको प्राविधिक सहयोगमा आईतबारदेखि शुरु भएको मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगितामा विभिन्न लिक चरणका प्रतियोगिता जित्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागिय टिम सहित गण्डकी प्रदेशको टिम सेमिफाईनलमा प्रवेस गरेको हो ।

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले शनिबार प्रतियोगिता सम्पन्न हुने बताए । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिहले क्षेत्रको खेलकुद बृद्धि विकासका लागि कञ्चनपुर रोजेको बताए । उनका अनुसार प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ ।

चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ । सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले लामो समयपछि महेन्द्रनगरमा भईरहेको राष्ट्रिय स्तरको प्रतियोगिताले भलिबलको बृद्धि विकासका साथै आन्तरिक पर्यापर्यटजनमा प्रर्बद्धन भईरहेको बताए ।

जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले दैनिक हजारौँ दर्शकले भलिबल अवलोकन गरिएको बताए । अध्यक्ष मौनीका अनुसार विद्यार्थी सहुलियतदेखि सिजनल टिकेट अनुरुप प्रतियोगिता अवलोकन भईरहेको छ ।

कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले केही समय अघि कञ्चनपुरमा पालिका स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता र अहिले मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता र केही समयपछि जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताले जिल्ला खेलकुदमयी भईरहेको बताए । २० माघसम्म संचालन हुने प्रतियोगिताको दैनिक हजारौँ दर्शकले अवलोकन गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित