पुनर्वासका धनी लावडको आर्थिक अभावले उपचारमा समस्या , सहयोगका लागि अपिल

लाल बहादुर एसके/पुनर्वास । आर्थिक अभावका कारण पुनर्वास नगरपालिका –६ निवासी धनी लावडको उपचारमा समस्या भएको छ । लावड सुगर, प्यारालाइस र किड्नी रोगबाट ग्रसित भएका छन ।

रोगबाट पीडित लावड आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि घरमै थला पर्नुभएको छ । लामो समय देखी सुगर रोग भएको थाहा नपाएपछि चिकित्सकले उपचारका क्रममा प्यारालाइस र किड्नी फेल भएको डक्टरले प्रमाणित गरेपछि लावड परिवार चिन्तामा डुबेका छन् ।

उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन समेत आर्थिक कठिनाइ भएको परिवारले बताएका छन । यस्तो कठिन परिस्थितिमा मानवता लाई मध्य नजर गर्दै नरेन्द्र बहादुर शाहिले आवश्यक सहयोगका लागि समन्वयकारी भुमिका निर्वाह गर्दै सहयोगका लागि आग्रह गर्नुभएको छ ।

सहयोगका लागि मानमती लावडको नाममा रहेको प्रभु बैंक पुनर्वास शाखामा संचालित खाता नम्बर २२२२०८००१४६७७६२९ मा रकम जम्मा गराइ सहयोग गर्न सकिनने शाहीले बताउनुभयो । लावडको उपचारका लागी आर्थिक सहयोग गर्न चाहाने महानुभावहरुले शाहीको मोबाईल नम्बर ९८४३७१३५८३ मा सम्पर्क गरी आवश्यक सहयोग तथा परामर्श प्रदान गर्नसकिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित