बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी:

बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।बैतडीको डिलाशैनी गाउँपालिका १ स्थित घारडा भन्ने ठाउँमा कच्ची सडकमा जिप दुर्घटना हुँद डिलाशैनी गाउँपालिका १ धावला बस्ने ५० बर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।सु।प।प्र।०१०००१च ३१४६ नम्बरको जिपमा सवार १३ जना मलामी मध्ये एक जनाको मृत्यु भएको र ५ जना घाइते भएका हुन् । जिपमा सवार अन्य सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले जिपमा १३ जना सवार भनेपनि स्थानीयहरुले भने १७ जना सवार रहेको बताएका छन् । बुधबार ज्यान गुमाएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परेर डिलाशैनी १ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सबै घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित