महाशिबरात्रिको दिन बेहडाबाबामा दुई करोड पच्चीस लाख दीप प्रज्ज्वलन गरिने

कैलाली:
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ ।महाशिवरात्रिको दिन दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ।

शिवरात्रिको दिन दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म दुईसय जनाबाट दीप प्रज्ज्वलनको व्यवस्था मिलाएको फाउण्डेशनका अध्यक्ष पदमराज जोशीले जानकारी दिएका छन् ।

यसैगरी, शिवरात्रिको अवसरमा लाग्ने मेलाको करिब तीन लाख श्रद्धालुले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताएका छन् ।फाउण्डेशन मेलाको तयारीमा जुटेको छ । धनगढी उपमहानगरपालिका –१६ स्थित बेहडाबाबामा भारतीय दर्शनार्थीको पनि घुँइचो लाग्नेगरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित