चक्कीफाँटा खानेपानीको साधारण सभा : जमिनदातालाई सम्मान

कञ्चनपुर, चैत्र ३ । चक्कीफाँटा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १० तुमताडीमा रहेको चक्कीफाँटा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रथम साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्तममा उक्त खानेपानी आयोजनालाई जमिन दान गर्ने दाताहरुलाई सम्मान गरिएको छ । टिकेन्द्रराज भट्ट, प्रेमराज भट्ट, कृष्णराज भट्ट,सहितलाई सम्मान गरिएको छ । भट्टत्रय दाजुभाईले विद्याधरी बाराकोटी भट्ट परिवारका स्व.बाबु भानदेव भट्ट, स्व.आमा तारादेवी भट्टको स्मृतिमा जमिन दान गरेका थिए ।

टिकेन्द्रराज शुक्लाफाँटा नगरपालिका शिक्षा शाखा प्रमुख हुन, प्रेमराज समाजसेवी एव कृष्णराज नेवि संघ कञ्चनपुरका नेता हुन । उनीहरुलाई कार्यक्रमकी प्रमुख अथिति समेत रहेका भीमदत्त नगरका उपप्रमुख निलम जोशीले प्रमाण पत्र हस्तान्तरण गरेकी छिन ।

खानेपानी उपभोक्ता समितिका पदाधिकारी एव उपभोक्ताहरुले जमिनदाता भट्ट परिवारप्रति आभार प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित