कृष्णपुरका सामुदायिक वनका सचिव, अध्यक्ष काठ तस्करीमा

कञ्चनपुर, चैत्र २६ । कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका सामुदायिक वनकै पदाधिकारी काठ तस्करीमा संलग्न भएको पाईएको छ । वन सरक्षणका लागि सामुदायिक वनको जिम्मेबारीमा रहेका नेतृत्व पदाधिकारी नै काठ तस्करीमा संलग्न भएको पाईएको छ ।

सामुदायिक वनका पदाधिकारीले आ–आफ्नो वनभित्र रहेको वन,जंगल र बन्यजन्तुको सरक्षण प्रर्बद्धन गर्नुपर्ने दायित्व भएपनि आफै काठ चोरी तस्करीमा संलग्न भएको पाईन्छ । गत पुष अन्तिम साता कृष्णपुर नगरपालिका २ वाणी स्थित गडबिजला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी काठ तस्करीमा पक्राउ परेका थिए ।

 

गडबिजला सामुदायिक वनका अध्यक्ष चौधरी पक्राउ परेको तीन महिनापछि कृष्णपुर नगरकै १ नम्बर वडाको जगदम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्त पक्राउ परेका छन ।

गडबिजला सामुदायिक वनमा तीन सालका काचा रुख काटिएको र गत बर्ष कृष्णपुर नगरपालिका २ केराबारीमा ५९.८८ क्युफिट काठ बरामद गरिएको घटनालाई लिएर अध्यक्ष चौधरी पक्राउ परेका थिए । सव डिभिजन वन कार्यालय वाणीको टोलीले गत पुष अन्तिम साता गडबिजलाका अध्यक्ष चौधरी पक्राउ गरेर वन मुद्दा चलाएको छ । गडबिजलाका अध्यक्ष चौधरी पक्राउ प्रकरण सेलाउन नपाउँदै फेरी जगदम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्त पक्राउ गरेका छन ।

वाणी सव डिभिजन वन कार्यालयका इन्चार्ज हरिनारायण यादवले जगदम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्तको खेतमा ६० क्युफिट सालको काठ बरामद भएपछी पक्राउ गरिएको बताए । ‘सामुदायिक वनकै सचिव पन्तको खेतमा हामीले अवैध काठ बरामद गरेपछि उनलाई पनि पक्राउ गरेर हिरासतमा राखेका छौँ, ‘उनले भने, ‘उक्त अवैध काठ बारे अनुसन्धान भईरहेको छ ।’

यसरी अवैध काठ तस्करीमा प्रकरणमा सामुदायिक वनका पदाधिकारीकै पदाधिकारी पक्राउ प्रकरणबाट वनकै पदाधिकारी काठ तस्करीमा संलग्न रहेको पुष्टी भएको छ । तीन बर्षदेखि सामुदायिक वनमा संकलन बिक्रि वितरण गरिएको काठ चालु बर्षमा खुलेसंगै कृष्णपुर सहित कञ्चनपुरका केही अन्य वनहरुमा समेत बेतिथि मच्चिन थालेपछि डिभिजन वन कार्यालयले वनकै पदाधिकारी पक्राउदेखि कार्बाही व्यस्थ देखिएको छ ।

स्थानीय उपभोक्ताहरुले कृष्णपुरका केही सामुदायिक वनका पदाधिकारीहरुले वनका कर्मचारीसंग मिलोमतो गरेर काठ कटानी, बिक्रि वितरण ईजाजत ल्याएर उपभोक्तालाई नदिई सिधै कैलालीको सःमिल उद्योगलाई बिक्रि गरिरहेको बताएका छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले काठ सहित पक्राउ परेका जगदम्बा मयुर सामुदायिक वनका सचिव सहित यस अघि पक्राउ परेका गडबिजला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीमाथि छानबिन गरेर कार्बाही गरिने बताए ।

सरकार र जनताले विश्वास गरेर सामुदायिक वनको जिम्मेबारी पाएका वनका पदाधिकारीले वास्तविक चोरी, शिकारी गर्ने गिरोहलाई तह लगाउनुपर्ने भएपनि आफै काठ तस्करीमा पक्राउ प्रकरणले झन लज्जाबोध बनाईदिएको छ । जिम्मेबारीमै रहेका पदाधिकारीबाट काठ तस्करी जस्ता गैर कानुनी कामकाजले कञ्चनपुरको वन, बन्यजन्तु सखाप हुने उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन ।

यसरी सामुदायिक वनका पदाधिकारी काठ तस्करीको आरोपमा पक्राउ पर्न थालेपछि सरक्षणकर्मी चिन्तित भएका छन । सामुदायिक वन समन्वय समितिका निर्वतमान अध्यक्ष शिवदत्त पन्तले वन सम्बन्धीको कानुनी व्यवस्था बारे पदाधिकारी अपटेड नहुनु, केही नियत जस्ता अवस्थाले आफै फन्दामा पर्दै आएको बताए । उनले सरक्षणका कामकाजमा सचेत भएर मात्रै काम गर्न र वन प्राविधिक संगको सल्लाह, समन्वयमा काम गर्नुपर्ने सुझाव दिएका छन ।

‘कोही जानीजानी कैर कानुनी काममा संलग्न भएको पाईएको छ, कोही नजानेरै आफै फसेका छन, ‘उनले भने, ‘अब सबै सामुदायिक वनका पदाधिकारी समेत र गम्भिर भएर कानुनी विषय व्यवहारिक कार्यान्वयन गरेर मात्रै कामकाज गर्नुपर्छ ।’

स्थानीयहरुले कृष्णपुरका अधिकाँस सामुदायिक वनमा गैर कानुनी चोरी तस्करी, वन फडानी गरेर रातीराती ट्रकमा कैलालीको तिर काठ तस्करी हुने गरेको भन्दै त्यसमा डिभिजन वन कार्यालयले वास्ता नराखेको गुनासो पोखिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित