कञ्चनपुरको सिमाक्षेत्र गड्डाचौकीमा डे नाईट क्रिकेट प्रतियोगिता सुरु

डिल्लीराज पन्त/कञ्चनपुर,चैत्र २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीमा दोस्रो ‘मेयर कप डे– नाईट टि–१० क्रिकेट‘ प्रतियोगिता शुरु भएको छ ।

 

भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजनामा वडा कार्यालयले कञ्चनपुर क्रिकेट संघसंग सहकार्य गरी आइतबार देखि प्रतियोगिता शुरु भएको हो ।
गड्डाचौकीको सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको दोस्रो मेयर कप डे–नाइट क्रिकेट प्रतियोगिताको भीमदत्त नगरका मेयर पदम बोगटीले र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्र राज जोशीले व्याटिङ्ग र बोलिङ् गर्दै संयुक्त रुपमा आईतवार साँझ उद्घघाटन गरेका छन ।


प्रतियोगिता उद्घघाटन गर्दै मेयर बोगटीले क्रिकेट क्षेत्रको बृद्धि विकासका लागि भीनपा ११ वडाले गरेको कामको प्रसंसा गर्दै पालिकाबाट खेल क्षेत्रमा र खेलाडिहरुका लागी विशेष प्याकेज नैै लागु गर्ने भन्दै आर्थिक रुपमा समेत बिशेष सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उहाले प्रतियोगिताका माध्यमबाट युवाहरुलाई खेलतर्फ आर्कषित गर्नकै लागि पालिकाले समेत सहकार्य गरेको बताएका छन ।

जिल्लामै ठुलो धनराशिको पुरुस्कार रहेको क्रिकेट प्रतियोगितामा विजेतालाई २ लाख ५१ हजार र उप –विजेतालाई १ लाख २१ हजार नगद सहित ट्रफी, प्रमाण पत्र र उत्कृष्ट खेलाडीलाई विविध पुरस्कार दिइने आयोजक ले जनाएको छ ।


भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष एव प्रतियोगिताका संरक्षक प्रकाश थापाले नगर क्षेत्रको क्रिकेटको वृद्धि विकास, खेलाडी उत्पादन गर्न, गड्डाचौकी क्षेत्रको पर्यटन प्रर्वद्धन सहित विविध नगरको समृद्धिका का साथै आफु जनप्रतिनिधि भए पश्चात र आफु पनी विगतमा खेल संगै सम्वन्धित भएकाले खेलाडिको हौसला र प्रोत्साहन गर्ने उधेश्यका साथ खेलक्षेत्रको विकासका लागि वडास्तर का साथै व्यक्तिगत पहल थालिरहेको बताएका छन ।

 

कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्वर ३ मा रहेका भिमदत्त नगरपालिका र देधारा चाँदनी नगरपालिका का साथै अन्य क्लवहरु सहित २४ टिमहरुको ‘टि–१० डे नाईट मेयर कप‘ क्रिकेट प्रतियोगितामा सहभागिता रहेको र टि १० प्रणालीमा सप्ट बलले खेल खेलाईने क्रिकेटका राष्ट्रिय एम्पायर गणेश सिंह आग्रीले बताएका छन ।

गाँउमै फेरी डे नाईट क्रिकेट प्रतियोगिता संचालन हुने भएपछि क्रिकेटका दर्शक हर्षित भएका छन । कचनपुर जिल्ला क्रिकेट खेलका लागी हव नै मानिएका जिल्लाका रुपमा हेरिएकाले खेल जगतको विकासका लागि स्थानिय, प्रदेश तथा संघिय सरकारले समेत बजेट व्यवस्थापन गरिदिए क्रिकेटका खेलाडि उत्पादनमा सहयोग मिल्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित