समायोजन प्रकृयामा रहेका सुपविका १३क्याम्पसद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन

कञ्चनपुर, बैशाख ५ । सुदूरपश्चिम विश्वविद्यालय समायोजन प्रकृयामा रहेका विभिन्न १३ क्याम्पसद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन ।

यस अघि सुप विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुले कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन ।
मंगलबार एक कार्यक्रमका विच काठमाण्डौँमै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाईएको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी(कञ्चनपुर)की सचालक समिति सदस्य दुर्गा भट्टले बताईन ।

उनका अनुसार सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय भएपनि लामो समयदेखि समायोजन प्रकृया अघि बढ्न नसकेको अवस्थामा ज्ञापन पत्र बुझाएको बताईन । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुप विश्वविद्यालयका समायोजन बाँकी रहेका १३क्याम्पस प्रकृया अघि बढाउने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित