मेची महाकाली संवाद यात्रामा निस्केका काँग्रेस महामन्त्री गगन थापाले बेलडाँडी पुगेर हुलाकी सडक खण्डको बारेमा यस्तो भने

बेलडाँडी । मेची महाकाली संवाद यात्रामा निस्केका काँग्रेस महामन्त्री गगन थापाले बेलडाँडी पुगेर हुलाकी सडक खण्ड अलपत्र के कति कारण भएको हो त्यो आफ्नो प्रतिवेनमा समेट्ने बताउदै यस विषयमा तुरुन्त जानकारी लिने बताउनु भयो ।

 

महामन्त्री थापाले १३ माघ बाट थालेको संवाद अभियान काँग्रेस केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण २३ माघमा नवलपरासीमा रोकिएको अभियान पुनः सुरु भई आज साझ बेलडाँडी पुगेको थियो ।

बेलडाँडी पुगेका थापाले हुलाकी सडक अलपत्रका विषयमा चिन्तित हुदै यस विषयमा तुरुन्त ताकेता गर्ने बताउनु भयो । उक्त सडक निर्माणको जिम्मा पाएका नेपाली काँग्रेस डडेल्धुराका सभापति समेत रहेका भीम साउदको ठुलो लाप्रवाहीका कारण अहिले सम्म उक्त सडक निर्माण हुन सकेको छैन् ।

हुलाकी सडक निर्माणका लागि यस अघि बैद्य निकट क्रान्तिकारी युवा सगठन र ठेकेदारविच चैत्र १५ गते देखि काम शुरु गरेर २५चैत्रदेखि कालोपत्रे शुरु गर्ने सहमती गरेपनि अहिले सम्म कुनै सुरसार गरेको छैन् ।

हुलाकी राजमार्ग आयोजना प्रमुख पारमणी हमाल, क्रान्तिकारी युवा संगठन प्रदेश संयोजक दिपेन्द्र सिह ऐरी, कैलाली जिल्ला संयोजक तिलक, निर्माण व्यवसायीका ईन्जिनियर रोशन भट्ट, महेश चन्द सहितको उपस्थितिमा हुलाकी सडक निर्माण अघि बढाउने सहमती भएको थियो ।

३० महिनामा सक्नुपर्ने काम ७० महिना वितिसक्दा पनि ६२किलोमिटर सडक पुरा नहुँदा जनता हैरान भएका छन । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन ।

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सुचना अधिकारी पदम मडैले चार पटक म्याद थप गरेर पनि दुवै कम्पनीले सडक निर्माण पुरा नगरेको बताए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिईएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए ।

निर्माण कम्पनीले सम्झौता गरेको ७० महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ ।

पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे भएको छ ।

बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ ।

हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व संसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित