बझाङबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य भण्डारीले लिए  शपथ

बझाङ:

बझाङ क्षेत्र नं। १ उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएकाहुन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका थिए ।सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित