कञ्चनपुर, बैशाख २८
कञ्चनपुरको एक सामुदायिक वनकी उपभोक्तालाई आत्मनिर्भर बन्नका लागि व्यवसायिक समान सहयोग गरिएको छ । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित भगवती सामुदायिक वनकी उपभोक्ता संगिता चौधरीलाई आत्मनिर्भर बन्नका लागि व्यवसायिक समान सहयोग गरिएको हो ।
भगवती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव धामीले सामुदायिक वनकै पहलमा फरक क्षमता भएकी संगिताको जिविकोपार्नका लागि सामुदायिक वन समन्वय समिति र तराई भूपरिधी कार्यक्रमको सहयोगमा शुक्लाफाँटा नौखरी बस्ने संगितालाई किराना पसल संचालनका लागि समाग्री दिईएको बताए ।
अध्यक्ष धामीका अनुसार संगितालाई किराना पसल संचालनका लागि ग्याँस, फ्रिज सहितका व्यवसायिक समान दिएको बताए । आफु उपभोक्ता रहेको भगवती सामुदायिक वनको पहलमा सामुदायिक वन समन्वय समिति र तराई भूपरिधी कार्यक्रमको सहयोगमा व्यवसायिक समान पाएपछि संगिता हर्षित भएकी छिन । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले सामुदायिक वनको सिफारिसमा विपन्न उपभोक्तालाई आत्मनिर्भर बनाउन आवश्यक व्यवसायिक समान दिएको बताए ।
सामुदायिक वन समन्वय समिति र तराई भूपरिधी कार्यक्रमको सहयोगमा मिलेको समान भगवती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव धामीले सगिताको घरमै गएर हस्तान्तरण गरेका छन । आफ्नो आत्मनिर्भरका लागि भगवती सामुदायिक वन, सामुदायिक वन समन्वय समिति र तराई भूपरिधी कार्यक्रमबाट सहयोग पाएपछि नौखुरीकी महिला संगिता हर्षित भएकी छिन । उनले व्यवसायका लागि आधार तय भएपछि आत्मनिर्भर बन्नेमा आशावादी व्यक्त गरेकी छिन ।
Discussion about this post