कैलाली:
कैलाली महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कैलाली मा ५ दिने आत्मरक्षा तालिम सुरु भएको छ ।प्रहार नेपालको आयोजना र प्रदेश युवा परिषद् सुदूरपश्चिमको मुख्य सहयोगमा जेठ ५ गते सम्म तालिम जारी रहने छ ।
तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहबाट सहभागिता रहेको छ ।
समाजमा बढिरहेका हिंसाहरु रोक्न तालिमले ठूलो भूमिका खेल्ने प्रहार नेपालका अध्यक्ष प्रकाश कुमार चन्दले बताउनु भयाे ।
चन्दले यस अघि पनि विभिन्न जिल्लाका विभिन्न पालिमै पुगेर यस्तो तालिम आयोजना गरेका थिए । उक्त तालिम निकै प्रभावकारी भएको सहभागीहरूले बताएका छन् ।
Discussion about this post