ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया बरामद

कञ्चनपुर, जेठ २। कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणीमा रहेको ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया(काठ) बरामद गरेको छ । सव डिभिजन वन कार्यालय वाणीको टोलीले ग्वालावारी सामुदायिक वनबाट काठ बरामद गरेको हो ।

बुधबार वनको टोलीले ग्वालावारीबाट काठ बरामद गरेको जनाएको छ । सव डिभिजन वन कार्यालय वाणीका प्रमुख हरि नारायण यादवले लुकाईराखेको अवस्थामा सालका गोलिया बरामद गरिएको बताए ।

‘अहिले हामीले कति काठ हो भनेर एकिन गर्न सकेका छैनौ, ‘उनले भने, ‘अहिलेसम्मको जानकारी अनुरुप १५/१६थान सालका गोलिया हुन भन्ने आएको छ ।’
उक्त अवैध काठ बारे थप अनुसन्धान गरिने उनले बताए ।

कृष्णपुरका सामुदायिक वनबाट अवैध काठ बरामददेखि अध्यक्ष, सचिव स्तरकै पदाधिकारी काठ काण्डमा पक्राउ प्रकरणले मिलोमतोमै काठ कटानीदेखि बिक्रि वितरण हुने स्थानीयको दावि छ । स्थानीयले वनकै केही कर्मचारीको मिलोमतोमा सामुदायिक वनका अवैध काठ कटानी हुने र त्यो अवैध काठ बार्किनिङ्ग नमिलेपछि बरामद गर्ने मानिस पक्राउ गर्ने आरोप छ ।

उद्यपी तथ्य हेर्दा वन कार्यालयले अवैध काठ बरामददेखि संलग्नलाई कार्बाही गर्दै आएको छ । कृष्णपुरका सामुदायिक वनमा काठ चोरी तस्करी नरोकिएपछि सर्वत्र कतै सेटिङ्गमै हुन लागेको होकी भनेर नागरिकले शंका गरिरहेका छन ।

एक पछि अर्को सामुदायिक वनबाट अवैध काठ बरामद देखि पदाधिकारी पक्राउ प्रकरण काठ चोरी तस्करी गरेर धनगढीका सःमिलहरुमा बिक्रि वितरण हुने प्रवृति हावि भएपछि कृष्णपुरका वन रित्तिन लागेको सरक्षणकर्मीहरुको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित