सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए विश्वासको मत

प्रदेशसभामा कुल २८ सांसद उपस्थित रहेकामा सबै सांसदले सोडारीलाई विश्वासको मत दिएका छन् । त्यस्तै, उक्त प्रस्तावको विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा २८ सांसदले पक्षमा मत दिएपछि सोडारीले विश्वासको मत पाएका हुन् ।नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसदहरूले भने बैठक बहिष्कार गरेका थिए ।

मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।कांग्रेस र रेशम पक्षका सांसदहरू नाराबाजी गर्दै बाहिरिएपछि भएको मतदानमा सोडारीले विश्वासको मत पाएको सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित