ढुङ्गा प्रहारबाट बेलाैरीका एक सेवा निवृत्त शिक्षकको मृत्यु

बेलाैरी । कञ्चनपुरको बेलौरीमा ढुङ्गा प्रहार गरी एक सेवा निवृत्त शिक्षकको हत्या भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दमाथि घर नजिकै ढुङ्गा प्रहार भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी (बजगाईँ) ले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चन्द माथि ढुङ्गा प्रहार गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षीय महेश भण्डारी फरार रहेको जनाईएको छ । भण्डारी केहिदिन देखि बेलाैरी बस्दै आएको बताईएको छ ।

बेलौरी बजारदेखि विद्यानगर घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घरभन्दा करिब ३०० मिटरको दुरीमा भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको जनाईएको छ । घटना लगत्तै घाइते हुनु भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो । धनगढीको निसर्ग हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित