अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाईदै

कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसँगै आज देशभर ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।

सरकार, सरोकारवाला निकाय, विभिन्न संघ-संस्था तथा समुदायस्तरका समूहहरूले दिवसको अवसरमा जागरणमूलक कार्यक्रम, अन्तरक्रिया, सम्मान तथा प्रतिवद्धता साझा गर्ने गतिविधिहरू सञ्चालन गरिरहेका छन्।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्मले अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान, समावेशिता र पहुँचको हक सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै शुभकामना सन्देश दिएका छन्।

सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको पहलमा हरेक डिसेम्बर ३ मा मनाइँदै आएको यस दिवसले समाजमा अपाङ्गता भएका व्यक्तिको पहिचान, अधिकार र सहभागितालाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने स्मरण गराउँछ। यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ, जसले सबै नागरिकका लागि समान अवसरसहितको समाज निर्माणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको संदेश दिन्छ।

यद्यपि संविधानले अपाङ्गता भएका नागरिकलाई सम्मानजनक जीवन, सेवा–सुविधामा समान पहुँच र विविधताको पहिचानसहित अधिकारको ग्यारेन्टी दिएको छ, व्यवहारिक कार्यान्वयन अझै चुनौतीकै विषय बनेको सरोकारवालाहरूको गुनासो छ।

कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, धार्मिक स्थल र सार्वजनिक–निजी संरचनाहरूमा अपाङ्गता मैत्री भौतिक पूर्वाधार निर्माणमा तीव्रता आवश्यक रहेको उनीहरूको माग छ।

समाजमा समावेशिता र मर्यादित सहभागितालाई सुदृढ गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न सबै तह–स्तरबाट प्रभावकारी कदम चालिन आवश्यक रहेको आजको दिनले पुनः स्मरण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित