नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्धारा भोलि नेपाल बन्दको आह्वान

कञ्चनपुर । चुनावी सरगर्मी बढिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भोलि फाल्गुन ५ गते नेपाल बन्दको आह्वान गरेको छ। पार्टीका महासचिव कञ्चनद्वारा हस्ताक्षरित सूचनामार्फत बन्द सफल पार्न सम्पूर्ण नागरिक तथा विभिन्न क्षेत्रलाई अपिल गरिएको हो।

जारी सूचनामा फागुन २१ गते तय गरिएको निर्वाचनले मुलुकको ढुकुटी रित्याउने, पुराना राजनीतिक पात्रहरूलाई पुनः नविकरण गर्ने बाहेक ठोस उपलब्धि नदिने दाबी गरिएको छ। राज्यको स्रोत-साधनको दुरुपयोग हुने उल्लेख गर्दै उक्त निर्वाचन खारेज गर्न दबाब सिर्जना गर्ने उद्देश्यले नेपाल बन्द आयोजना गरिएको जनाइएको छ।

पार्टीले आम बुद्धिजीवी, उद्योगी-व्यवसायी, यातायात व्यवसायी, विद्यालय, कलेज तथा सम्पूर्ण सर्वसाधारणमा बन्दलाई सफल बनाउन सहयोग र समर्थन गर्न हार्दिक अपिल गरेको छ। चुनावी माहोल तातेका बेला आएको बन्दको घोषणाले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित