बैतडी:
बैतडीमा करेन्ट लगेर एक किशोरी घाइते भएकी छिन् ।
जिल्लाको मेलौली नगरपालिका वडा नं ३ बागगोठ बस्ने करन बागकी छोरी १७ वर्षिया कमला बाग मंगलबार करेन्ट लागेर घाइते भएकी छन् ।
दिउँसो २ बजेको समयमा वडाकै बागगोठ जंगलमा बाख्रा चराउन गएका बेला चुंडिएर लत्रिएको बिजुलीको तार छुँदा उनी करेन्ट लागेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।
घाइते किशोरीको नाक,मुख, हात र खुट्टामा जलेको जानकारी दिएका छन् । किशोरीको अहिले केशपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भैरहेको छ ।
Discussion about this post