बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा रहेको महाकाली सिचाई जल उपभोक्ता संघ ब्लक नंं.६ को वार्षिक साधारसभा सम्पन्न भएको छ ।
आज सनिवार ब्लकले आफु मातहतका टर्शरीका प्रतिनिधीहरुका माझ आफ्नो १०औं बार्षिक साधार सभा सम्पन्न सगरेको ब्लक नं.६ का अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार नयाँ योजना निर्माण संगै गत बर्षका गतिविधी तथा वार्षिक प्रगति प्रतिवेदन पेसगर्दै साधारण सभा सम्पन्न गरेको जनाए ।
यस ब्लकले ठुला साना योजना यस बर्ष खासै नगरेको जनाउदै आगामी बर्षका लागि टर्शरी निर्माणका योजनालाई प्राथामिकतामा राखेको जनाए । १६९५ हेक्टरमा फैलिएको ब्लकमा ६८ टर्शरी रहेका छन् । ठेक्का मार्फत बेलडाँडी गाउँपालिका नजिक टर्शरीमा लाइनिङ, वडा नं.१ को प्लाटमा लाइनिङ, चवन्नी वजार नजिक बक्स कल्बट निर्माण हुन लागेको जनाए । उनले भने यस प्रणालीमा आइडब्लु आरएमपी लागु भएर लगभग ५० प्रतिशत मात्र काम भएको बताए । तत्कालिन समितिका भनाउदाहरुले किसानको पक्षमा भन्दा पनि आफुलाई फाइदा र कमिसन पाइने काम मात्र गरेका जनाए । यस सिचाईले आफुलाई नेतृत्वदायी प्रेणा प्रदान गरेको बताउदै अहिले विभिन्न ठाउँमा नेतृत्व गरिरहेको समेत जनाए ।
बेलडाँडीका किसान तथा उद्योगी डम्मवर बहादुर शाहले भने १२० बिघा जमिन भएको ठाउँमा अहिले सम्म टर्शरीमा पानी नपुगेको बताउदै यस्ता धेरै समस्या रहेको जनाए । गणेश महर बिष्टले पनि टर्शरीमा पानी नहुने समस्या रहेको जनाए, जय बहादुुर कुवरले समेत यहाँका किसानले ठुलो सास्ती खेप्नु परेको जनाए । सिमसार जमिनदेखी लिएर महेन्द्रनगर जादा दैजी बेलडाँडी सडक खण्डमा पलाएको घासले धेरै दुर्घटना निम्तिन लागेको बताउदै यसलाई तुरुन्त काट्न समितिलाई सुझाव दिए । यस्तै किसान पुर्णानन्द भट्टले भने यस सिंचाई बाट किसानले सुविधा नपाएको बताउदै, उल्टा नहरका कारण बालिनाली हुने जमिन समेत सिमसारमा परिणत भएको जनाए ।
वडा नं.५ का वडा अध्यक्ष इन्द्र बहादुर खडकाले भने किसानहरुका हेक्टरौं जमिन सिमसारमा परिणत भएको छ सबै संगको साझेदारीमा यी समस्याहरु समाधान तिर लाग्न सबै पक्ष एकहुनुपर्ने धारण व्यक्त गर्नु भयो । वडा नं.२ का अध्यक्ष नारद सिंह उर्यालले भने आफु ब्लक ६ को उपाध्यक्ष रहेका बेला खासै कामै गर्न नसकेको स्वीकार गर्दै भने अव बन्ने नयाँ समितिले राम्रो संग कामगर्नु पर्नेमा जोड दिए ।
द्धितिय चरणका कोषाध्यक्ष चेतन कुमार राइले भने ब्लक नं.६ ले बेलडाँडीका सबै वडा छोएको बताउदै विकासका हिसावले पनि यसले अन्य ब्लक भन्दा बढी काम गरेको बताए । बेलडाँडीका कोही पनि मान्छेको केन्द्रमा पहुँच नभएका कारण, दैजी बेलडाँडी मुल नहरमा भएका घास रुखको सफाइ नभएको बताए । सिंचाई सेवा शुल्कबाट ८,१० लाख मात्र उठ्ने यसले केही नहुने जनाए । यसै १९ गते बाट टर्शरीमा निर्वाचन गराउने तयारी समेत भएको जनाए ।
क्षेत्रिय महासचिव हर्कदेव जोशीले भने आइडब्लु आरएमपीले किसानको पक्षमा काम नगरेको जनाउदै आफु मुद्धा समेत हाल्न तयार भएको तर कुनै कारण वस आफु रोकिएको बताए । यसमा ठुलो आर्थिक चहलखेल भएको उनले दावी गर्दै आएका छन् । केन्द्रिय समितिका करुणाकर जोशीले सबैलाई किसानको पक्षमा काम गर्न आग्रह गर्दै असोज १२ गते भित्र सबै चरणका निर्वाचन गरिसक्ने जनाए ।
क्षेत्रिय अध्यक्ष विर बहादुर बडवालले भने ब्लकमा हुनुपर्ने उपस्थिति धेरै कम भएको जनाए । उनले भने किसानका समस्या दर्शाउने ठाउँ यहि हो यही किसानको उपस्थिति कम हुनु विडम्वना भएको जनाए । अवको नेतृत्व पाटी भन्दा पनि सक्षम व्याक्ति छनौट गरेर पठाउन आग्रह समेत गर्नु भयो ।

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले भने दलदल समस्याका बारेमा केहिदिन पहिला बेलडाँडी गापाबाटै सम्वन्धित मन्त्रालयमा डेलिगेश गएको जनाउदै किसानका खेतमा पानी नपुग्नु विडम्वना भएको जनाए । टर्शरीमा किसानहरुले पनि जनावर बाध्ने कार्यले टर्शरी जिण बन्ने गरेको जनाउदै अवको नयाँ समितिमा महिलाको धेरै भन्दा धेरै सहभागिता हुनुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको कामना गर्नु भयो ।
प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिचन्द्र रानाले भने बेलडाँडीका किसानको मुख्य समस्या भनेको दलदलको हो यसलाई कसरी समाधन गर्न सकिन्छ पालिकाको तर्फबाट पुर्ण सहयोग रहने जनाए । दैजी बेलडाँडी सडक खण्डको घास कटानी र बेलडाँडीका नागरिकले भोग्नु परेका समस्याका विषयमा निकुञ्ज प्रमुख संग बिहिवार भेट्ने कार्यक्रम थियो त्यो दिन आफ्नो अन्त काम हुनाले उनलाई बेलडाँडी बोलाएर यी समस्या समाधनका विषयमा छलफल गर्ने जनाए ।






















Discussion about this post