बेदकोट,
कञ्चनपुरको बेदकोट नगरपालिका छाडा पशु चौपाया नियन्त्रणका लागि सरोकारवाला निकाय एकमत भएका छन ।
बैजनाथ महिला बहुउदेशीय सहकारीले आयोजना गरेको सामुदायिक छाडा चौपाया व्यवस्थापन तथा लागु औषध नियन्त्रण विषयक छलफल कार्यक्रममा सरोकारवाला निकायले छाडा पशु चौपाया नियन्त्रणको विकल्प नभएको बताएका छन ।
नेपाली काँग्रेसका बेदकोट नगरका युवा पारसमणी जोशीले छाडा पशु चौपायाका कारण दुर्घटनादेखि थुप्रै समस्या निम्तयाएको भन्दै नियन्त्रणका लागि सरोकारवाला निकायका प्रतिनिधीले प्रतिबद्धता जाहेर गरेको बताए ।
बेदकोट नगरका उप प्रमुख तुलसी जोशीले नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रणका लागि बहुउपयोगी कार्यक्रम संचालनमा जोडदिईन । कार्यक्रमका प्रमुख अथिति संविधान सभा सदस्य एव नेपाली काँग्रेसका नेता बहादुर सिह थापाले स्थानीय सहितका सरकारी निकाय सहित समुदायबाट पहल हुनुपर्नेमा सुझाव दिएका छन ।
Discussion about this post