कञ्चनपुर १ मा मनोनयन दर्ता जारी, समाचार तयार गर्दा सम्म ७ उम्मेदवार दर्ता

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज बेलौरीस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता प्रक्रिया जारी छ ।

हामीले समाचार तयार पार्दासम्म विभिन्न राजनीतिक दलका ६ जना उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन्। मनोनयन दर्ता गर्ने उम्मेदवारहरूमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कटक बहादुर शाही, मंगोल नेशनल अर्गनाइजेसनबाट हुम बहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देपेन्द्र बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी, राष्ट्रिय जनमोर्चा पार्टीबाट राजा राम डगौरा चौधरी, उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ र स्वतन्त्र युवाबाट यादव सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच, यस क्षेत्रका ठूला दलका रूपमा हेरिने नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा कम्युनिष्ट पार्टीले उम्मेदवारहरू पनि मनोनयन दर्ता गर्ने क्रममा रहेको जनाइएको छ ।

राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको यस निर्वाचनलाई स्थानीय मतदाताले विशेष चासोका साथ हेरिरहेका छन्। विभिन्न दल तथा उम्मेदवारहरूको सहभागिताले कञ्चनपुर-१ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित