क्षेत्र नं. १ बाट डिल्ली बहादुर शाहीको उम्मेदवारी दर्ता, “जनताको पक्षमा कटिबद्ध भएर काम गर्छु”

बेलौरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नं. १ बाट डिल्ली बहादुर शाहीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै शाहीले जनताका वास्तविक माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

देशको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै उनले भ्रष्टाचारका कारण मुलुक कमजोर बन्दै गएको आरोप लगाए। “भ्रष्टाचारीहरूले देशलाई छियाछिया पारेका छन्,” भन्दै शाहीले जनताको पक्षमा इमानदार भएर काम गर्ने उम्मेदवारलाई चिनेर मतदान गर्न आग्रह गरे।

उम्मेदवारी दर्तापछि उनले आफू जनताको हितका लागि निरन्तर कटिबद्ध भएर लाग्ने र जनअपेक्षालाई प्राथमिकतामा राखेर राजनीतिक यात्रा अघि बढाउने बताए।

लामो समयदेखि राजसंस्था स्थापनाको पक्षमा सक्रिय रहँदै आएका शाही यस आन्दोलनका एक प्रतिबद्ध योद्धाका रूपमा चिनिँदै आएका छन्। उनले आफ्नो राजनीतिक संघर्ष जनताको अधिकार, पहिचान र देशको स्थायित्वका लागि समर्पित रहने स्पष्ट पारेका छन्। शाहीको उम्मेदवारीसँगै क्षेत्र नं. १ को राजनीतिक माहोल थप सक्रिय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित