कञ्चनपुर क्षेत्र नं. १ मा ६१ हजारभन्दा बढी मत खस्यो

कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा उल्लेख्य मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ५:०० बजेसम्म जम्मा ६१ हजार ७४ मत खसेको छ।
खसेको मतमध्ये महिला ३३ हजार ४०३ र पुरुष २७ हजार ६७१ रहेका छन्।

कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा मतदान बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ।

यस निर्वाचन क्षेत्रमा १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। तीमध्ये ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने १५ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन्।

मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका तारा लामा तामाङ, नेपाल कम्युनिस्ट पार्टीबाट बिना मगर, नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामी लगायतका उम्मेदवार रहेका छन्।

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका तारा लामा तामाङ यस क्षेत्रबाट विजयी भएका थिए।

यसपटकको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित