कञ्चनपुरमा शान्तिपूर्ण मतदान सम्पन्न : ३ लाख १४ हजार मतदातामध्ये १ लाख ८४ हजारभन्दा बढीले गरे मतदान

कञ्चनपुर । कञ्चनपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

साँझ ५ बजेसम्मको तथ्यांकअनुसार जिल्लाभर कुल १ लाख ८४ हजार ३१६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा कुल ३ लाख १४ हजार ३८५ मतदाता रहेकामा उनीहरूमध्ये ठूलो संख्यामा मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्। खसेको मतमध्ये महिला १ लाख २ हजार ५१९ र पुरुष ८१ हजार ७९७ रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको छ। जसमा महिला ३३ हजार ४०३ र पुरुष २७ हजार ६७१ रहेका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा कुल १ लाख ९ हजार ५७४ मतदाता मध्ये ६४ हजार ८८१ मत खसेको छ। जसमा महिला ३६ हजार ३८६ र पुरुष २८ हजार ४९५ रहेका छन्।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख ३ हजार ८७ मतदाता रहेकामा ५८ हजार ३६१ मत खसेको छ। जसमा महिला ३२ हजार ७३० र पुरुष २५ हजार ६३१ रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। सुरक्षा व्यवस्था कडा बनाइएकाले कुनै अप्रिय घटना बिना मतदान सम्पन्न भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित