कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका १५ हजार बढी नागरिकलाई कानुनी परामर्स दिईएको छ । स्वीट नेपालले भीमदत्त नगरपालिका क्षेत्रका साढे १४ सय बढी नागरिकलाई कानुनी परामर्स दिईएको हो ।
स्वीट नेपालले ‘नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना अन्र्तरगत भीमदत्त नगरका चार वडाका विपन्न समुदायका नागरिकहरुलाई कानुनी परामर्स एव अभिमुखिकरण गराएको जनाएको छ ।
स्वीट नेपाल संकटको समयमा कानुनी सेवा सहायता परियोजनाका कार्यक्रम संयोजक अमित सुनारले प्रत्यक्ष रुपमा १५ हजार नागरिक र अप्रत्यक्ष २०हजारलाई सेवा प्रदान गरिएको बताए ।
संकटका बेला नागरिकलाई कानुनी विषयमा सेवा प्रदानका लागि गाँउबस्तीमै गएर परामर्स दिईएको बताउँदै समुदायका अगुवा, महिला, विद्यार्थीदेखिका सरोकारवालासंग छलफलका साथै परामर्स दिईएको हो ।
जेनजी आन्दोलन विपद्देखिका विवित समस्या बारे लागु औषध, विद्युतीय कारोबारदेखिका विवित कानुनी समस्या उत्पन्न भएका बेला उनीहरुलाई समुदाय स्तरमै कानुनी विषयमा सुसुचित गराएको छ । निःशुल्क कानुनी व्यवस्था बारे नागरिक अचिच्छुक भएको उनको भनाई छ ।
कानुनी विषयमा जानकारी नहुँदा समुदायमा समस्या हुने भएकाले समयमै सचेतना गराएको बताए । कार्यक्रममा नागरिक समाजका अगुवा प्रभुनिधी पन्तले विपद्देखिका विभिन्न संकटका बेला कानुनी समस्या आउने भएकाले दिर्घकालिन रुपमा समाधानमा जोडदिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उच्च सरकारी वकीलको कार्यालयका सहन्यायाधिवक्ता ईश्वर आग्रीले संकटका बेला नागरिकहरुलाई कानुनी विषयमा सचेतना, अभिमुखिकरणले नागरिकमा कानुनी ज्ञान भएको बताए ।
स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले विपन्न समुदायका नागरिकलाई कानुन बारे सचेतना गराएर कानुनी सुविधा बारे जानकारी गराउने उदेश्य रहेको बताए । ‘अझैपनि थुप्रै नागरिक कानुनी सेवा बारे जानकार छैनन, ‘उनले भने, ‘यसबारेमा हामीले समयमै सचेत गराएका छौँ ।’
शुक्रबार महेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाले अझैपनि ग्रामिण भेगमा कानुनी सेवा बारे जानकार नभएकाले कार्यक्रमको समय अवधि बृद्धिमा जोडदिएका छन ।
स्वीट नेपालका कार्यक्रम अधिकृत मिना आउजीले संचालन गरेको कार्यक्रममा सरोकारवालाको उपस्थिति रहेको थियो ।























Discussion about this post