बेलडाँडीमा बाढी पूर्वतयारीका लागि समुदायस्तरमा कृत्रिम अभ्यास

केशव थापा/कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाढीमा आधारित समुदायस्तरको कृत्रिम नमुना अभ्यास सम्पन्न भएको छ ।

निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित “विपद् पूर्वतयारी द्रुत प्रतिकार्य तथा पुनर्लाभको लागि समुदायको सवलीकरण (SCoP-R3)” दोस्रो चरणको परियोजना अन्तर्गत बेलडाँडीका विभिन्न तीन ठाउँमा अभ्यास गरिएको हो ।

परियोजनाका सामाजिक परिचालक जानकी शाहीका अनुसार बाढीको समयमा हुन सक्ने जनधनको क्षतिलाई कम गर्न र समुदायलाई पूर्वतयारी अवस्थामा राख्न बेलडाँडी गाउँपालिकाको वडा नं. ३ को कमरी, वडा नं. ४ को गड्डा र वडा नं. ५ को गौडी, झिलमिला तथा इमलीयामा यो कृत्रिम अभ्यास गरिएको बताएका छन्।

वडा नं. ४ मा रहेको गड्डा सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनामा भएको अभ्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विषयगत टोली र सुरक्षा निकायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष विरबहादुर खड्का, वडा सदस्य खगेश्वरी भण्डारी, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष सिता लुहार, सचिव मानसिंह खत्री, प्राथमिक उपचार टोलीका संयोजक गीता जैसी र खोज तथा उद्धार टोलीका मानसिंह नेपालीसहित स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।

कृत्रिम अभ्यासका क्रममा बाढी आएको समयमा समुदायमा कसरी सूचना प्रवाह गर्ने, खोज तथा उद्धार टोली कसरी परिचालन हुने र घाइतेहरूको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे व्यावहारिक प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (BOP) झिलमिलाका सुरक्षाकर्मी, स्थानीय स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा समुदायका नागरिकहरूको व्यापक उपस्थिति रहेको थियो ।

अभ्यासमा सहभागीहरूले विपद्को समयमा आ-आफ्नो क्षेत्रबाट सक्रिय भएर विपद् व्यवस्थापन र प्रतिकार्यका कार्यमा लाग्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित