बेलडाँडी, २४ कार्तिक । कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं. १० मा संचालित मोहन गुरुङ्ग स्मृती आठौं लालझाडी कप जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को सेमिफाइनल खेलमा आयोजक आफैले धाधली गरेको छ ।
हिजो २३ गते सेमिफाइनल खेलका लागि एकता युवा समाज बेलडाँडी र लालझाडी युवा क्लव- ११ (रातो) का बिच भएको खेलमा लालझाडी युवा क्लव – ११ (रातो) ले कञ्चनपुर जिल्ला बाहिरका ६ जना खेलाडीहरु (धन बहादुर थापा जि. कैलाली, फागुराम थारु जि. बर्दिया, माधव भण्डारी जि. कैलाली, आयुष श्रेष्ठ जि. झापा, भरत टमटा जि. कैलाली, बिर धामी दार्चुला) खेलाएकोले आयोजकबाट प्रकासित नियमावलीको बुँदा नं. ६ अनुसार आफैले नियम उल्लघन गरेको एकता युवा समाजले जनाएको छ ।
बुदा नं. ६ मा यस्तो लेखिएको छ – खेलाडी संख्या १८ जना हुनेछ, कञ्चनपुर जिल्ला भन्दा बाहिर बाट पनि चार जना खेलाउन पाईनेछ । सबै खेलाडीको नामावली फोटो र नेपाली नागरीकता को प्रमाण पत्र बुझाउनु पर्ने छ ।
एकता युवा समाज बेलडाँडीले आयोजक समितिलाई छानविन गर्न निवेदन दिदा आयोजकले निवेदन नै नबुझेको र आयोजकले अमर्यादित, अनुसाशनहिन, मनोमानी, गैरजिम्मेवार र नियम विपरित काम गरेकोले युवा समाजको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
विज्ञप्तिमा यस्तो खोलिएको छ भोलि हुने भनिएको फाईनल खेल नियमविपरित खेलाईएकोले ANFA कञ्चनपुर, जिल्ला खेलकुद समिति कञ्चनपुर र ईलाका प्रहरी कार्यालय पुर्नवास समेतलाई जानकारी एवं आवश्यक कार्वाहीको अपिल गरेकाले खेलको छानविन तथा आवश्यक कारवाही नभए सम्म उक्त फाईनल खेल स्थगितका लागि अपिल गरेको छ ।
समाजले सम्पुर्ण खेलप्रेमी महानुभाव र एकता युवा समाजका सम्पुर्ण खेलाडीहरुलाई भोली १२:०० बजे पुर्नवास नगरपालिका वडा नं. १० को खेल मैदानमा उपस्थित भईदिन अनुरोध समेत गरेको ।
Discussion about this post