युवा नेता ऐर, समाजसेवीद्वय मल्ल चन्दद्वारा कञ्चनपुरको बृद्धआश्रममा खाद्यान्न

कञ्चनपुर, कार्तिक २५ । युवा नेता नवराज ऐर, युवा समाजसेवीद्वय सुबास मल्ल र केशव चन्दले कञ्चनपुरको एक बृद्ध आश्रममा खाद्यान्न सहयोग गरेका छन ।

 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता ऐर, कैलाली धनगढीका एवईभेन्ट ईन्टरटेमण्ड एण्ड ट्रभल सोलुसनका प्रमुख समेत रहेका सुवास मल्ल, बैतडी मेलौलीका केशव चन्दले संयुक्त रुपमा रौटेलामा रहेको बृद्ध आश्रममा खाद्यन्न वितरण गरेका हुन ।

बेदकोट नगरपालिका ७, ८रौटेलमा रहेको बैजनाथ बृद्ध आश्रममा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकका लागि दिपावलीको अवसर पारेर समाजिक काम गरेको जनाएका छन ।

हाल साईप्रसमा रहेका चन्द, मल्ल र स्वदेशमै रहेका युवा नेता ऐर सहित त्रय युवाले खाद्यान्न सहयोग गरेका हुन । नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले समाजिक सेवा गर्ने उदेश्य बृद्ध आश्रममा सहयोग गरेको बताए ।

उनका अनुसार १०बोरा मसिनो चामल, १ बोरा दाल, लिटर खाने तेल र १ कट्टा फलफुल वितरण गरिएको छ । यसरी युवा नेता ऐर एव विदेशमा रहेका चन्द, मल्ल त्रय युवा साथीहरुले मिलेर समाजिक कार्य गरेपछि बृद्ध एव जेष्ठ नागरिक हर्षित भएका छन ।

शनिबार एक कार्यक्तमका विच माओवादी नेता समेत पुर्व विद्यार्थी नेता, गत ०७९बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगर मेयरका प्रत्यासी ऐरले चुनाव हारेपनि विभिन्न समाजिक काम गर्दै आएका छन । जेष्ठ नागरिकले चुनावमा पराजित भएपनि ऐरले समाजिक सेवा गर्दै आएको भन्दै प्रसंसा गरेका छन ।

उनले एकल तथा संयुक्त रुपमा साथीभाईसंगै मिलेर समाजिक काम गर्दै आएका छन । खाद्यान्न एव राहत हस्तान्तरण कार्यक्रममा बेदकोट नपा ८का वडाध्यक्ष महेशराज जोशी, नेकपा माओवादी नेता शिवराज ऐर, वाईसियल कञ्चनपुरका सचिव रमेश पार्की,संस्थाका सचिव मानवदेव जोशी,नेराकस केन्द्रीय सदस्य कृष्ण विष्ट सहित जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित