हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ

82
VIEWS

वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेकाछन् ।खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्।

उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।

आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मण उपचारको क्रममा स्वास्थ्य चौकी ठोरीमा मृत्यु भएको प्रहरीलेजानकारी दिएका छन् ।

हजुरबुबाको मृत्युपश्चात नाति भागेका थिए। उनलाई नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार